बागी उम्मेदवारी दिएका महादेव गुरुङको चुनाव चिन्ह पुतली

0
Shares

कास्की । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका महादेव गुरुङले पुतली चिन्ह पाएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङले गठबन्धनका उम्मेदवार श्रीनाथ बरालविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए ।

आज बिहान १० बजेबाट १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको भए पनि उनले उम्मेदवारी कायमै राखे । उनलाई निर्वाचन आयोगले पुतली चिह्न दिएको छ ।

अहिलेको अवस्थाका गठबन्धनका नाममा नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएकै कारण आफूले उम्मेदवारी दिएको गुरुङले बताउँदै आएका छन् ।

उम्मेदवारी फिर्ता लिन सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि आफूले इन्कार गरेको उनको प्रतिक्रिया थियो । कास्की जिविस पूर्व सभापति उनी प्रतिनिधिसभामा विजयी भएर राज्यमन्त्री पनि भइसकेका व्यक्ति हुन् ।