ओलीकै कारण निरन्तर ओरालो लाग्दै एमाले

0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रवृतिप्रति रुष्ट पार्टी नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेपछि एमाले ओरालो यात्रामा लाग्न थालेको छ । चुनावको मुखैमा अध्यक्ष ओलीको गविविधिप्रति पार्टीभित्र व्यापक असन्तुष्टि बढेसँगै पार्टी परित्याग गर्नेहरुको लहरै चलेको हो ।

पार्टी चुनावी अभियानमा होमिदै गर्दा टिकट नपाएका एमालेका नेता घनश्याम भुषाल, प्रभु शाह लगायत थुप्रै नेता कार्यकर्ताहरुले पार्टी छाडेका छन् । नेता भीम रावलसमेत पार्टी नेतृत्वले गरेका निर्णयप्रति पूर्ण असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

पार्टीले टिकट नदिएपछि चुनावका लागि उम्मेदवारी मनोनयनको अघिल्लो दिन पार्टी परित्याग गर्नुभएका नेता घनश्याम भुषाल एमालेका आधिकारिक उम्मेदवार छविलाल विश्वकर्मा विरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । उहाँलाई सत्ता गठबन्धनले सहयोग गर्ने बताएको छ । अध्यक्ष ओलीले पार्टीमा निरंकुश शैलि अपनाएको भन्दै सोही क्षेत्रबाट बुधबार मात्रै एमाले दुई जना प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता–कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।

रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले ३१ जना नेता कार्यकर्ताहरुले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका एमालेका पूर्व नेता घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

भुषाल मार्क्सवादी वैचारिक नेता भएकाले पार्टीमा उनको नीति लागू हुने तर पार्टीमा सधैँ पाखा लगाउने काम भएकाले पर्टी छाड्न बाध्य भएको उनीहरुले बताएका छन् । पार्टीमा निरंकुशता लागुगरेर इमान्दार नेताकार्यकर्तालाई पाखा लगाउने काम भएको एमालेमा रहीरहन नसकिएको एमाले परित्याग गरेका नेता सनोजकुमार यादवले बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्ति देखाएको उहाँको आरोप छ । पार्टी परित्याग गर्ने नेताहरुले विज्ञप्ति मार्फत भनेका छन्, ‘पार्टी अध्यक्षको निरंकुशता, इमान्दार नेतालाई पाखा लगाइएको, चरम गुटबन्दी, स्थानीय निर्वाचनमा पार्टी नेतृत्वको असहयोग जस्ता विभिन्न कारणले गर्दा हामी एमालेमा रहन सकेनौं ।’

२०७४ को निर्वाचनसँगै नेकपा माओवादी केन्द्रलाई समेत समेटेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानका साथ नेकपा गठन गर्नुभएका अध्यक्ष ओलीले एक कार्यकाल पनि सरकार र पार्टी दुबै बचाउँन सक्नुभएन । २०७७ पुष ५ गते पहिलो पटक जनताको सार्वभौम संसद विघटन गर्ने सिफरिस गरेसँगै पार्टी भित्र र बाहिर आलोचि हुदै आउनुभएका ओलीले २०७८ जेठ ७ गते पूनः दोस्रो पटक संसद विगघट गर्ने निर्णय गर्नुभयो ।

त्यस यता उहाँले बहुमतको सरका मात्रै छाड्नु परेन नेकपाका विभाजन समेत खेप्नुपर्यो । नेकपा विभाजन भएर माओवादी एमाले अलग भइसकेपछि पनि उहाँले पार्टीका साथिहरुलाई एकठाउँ राखेर समान व्यवहार नसकेपछि माधव नेपाल समुह नै बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेको छ ।

यो सबै हुनुमा अध्यक्ष ओलीकै दोस रहेको एमालेभित्रका असन्तुष्ट पक्षले बताउँदै आएका छन् । ओलीले मकवानपुर–१ म राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्हबाट चुनाव लडन लगाएर पार्टीको उम्मेदवार खालि गरेको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी नै गरे ।

कसैसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको एमालेले मनोनयनको एक दिन अघि आएर जनता समाजवादी पार्टीलाई हैसियत भन्दा बढी सिटदिएको र आफ्ना नेताहरुलाई बाहिर राखेको भन्दै ओलीप्रति कार्यकर्ताको आक्रोश चुलिएको हो । यसेको प्रतिकृयास्वरुप पार्टीभित्र विद्रोह सुरुभएको एमालेका नेता डा भीम रावलले बताउनुभयो । ओलीको स्वयच्छाचारी प्रबृतिका कारण एमाले भडखालोमा पर्दै गएको डा.रावलको भनाइ छ ।

अछाम–१ बाट सर्वसम्मत सिफारिस भए पनि रावललाट टिकट नदिएर माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई एमालेले टिकट दिएपछि पार्टीभित्र अध्यक्ष ओलीले संदिग्ध व्यक्तिलाई प्रश्रय दिएको र पार्टीका महत्वपूर्ण व्यक्तिहरुलाई पाखा लगाइएको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

भुगोलबाट सर्वसम्मत रूपमा सिफारिस रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजक सहित ३७ जनाले सामुहिक राजीनामा दिएका थिए । पार्टीले वितरण गरेको टिकटको विषयमा चित्त नबुझेको भन्दै पार्टीका सिनियन नेताहरुलेनै आधिकारी उम्मेदवार बिरुद्ध हालेको बाघी समेत फिर्ता गरेका छैनन् । चुनावको पूर्वसन्ध्यामा देखिएका यस्ता प्रबृतिले पार्टीलाई निरन्तर क्षयीकरण गर्दै गलेको एमालेका नेताहरुले बताएका छन् ।