रसुवामा ३ जनाले गरे उम्मेदवारी फिर्ता

0
Shares

रसुवा।

रसुवामा ३ जनाले उम्मेदवारी फिर्ता गरेका छन । २३ गते आईतवार उम्मेदवारीकाे दर्खास्त हालेवाट २६ गते बुधबारविहान १० वजेबाट अपरान्ह १ वजे सम्म फिर्ता लिन सकिने व्यवस्था भए अनुरूप तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालय रसुवाका अनुसार नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका शिवप्रसाद लामिछाने,प्रदेशसभा क्षेत्र क तर्फ उम्मेदवारी दिएका एकीकृत समाजवादी कै सनथ देवकोटा र प्रदेश सभा क्षेत्र ख तर्फ उम्मेदवारि दिएका रामप्रसाद न्याैपानेले आफ्नाे उम्मेदवारी फिर्ता गर्नु भएकाे हाे ।

उहाँहरू ३ नै जनाले समयावधि भित्रै मुख्य निर्वाचन अधिकृत काे कार्यालयमा पुगेर आफ्नाे उम्मेदवारी फिर्ता लिनुभएकाे हाे । एक मात्रै निर्वाचन क्षेत्र रहेकाे रसुवामा प्रतिनिधिसभा र प्रदेशसभामा २९ जनाले उम्मेदवारी दिएका थिए ।

जसमध्ये ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि २६ जनाले प्रतिस्पर्धा गर्ने छन् ।प्रतिनिधि सभामा १० जना प्रदेशसभा क्षेत्र क मा ८ जना प्रदेशसभा क्षेत्र ख मा ८ जना काे उम्मेदवार रहनेछन् ।