उम्मेदवारी फिर्ता



कास्की । कास्कीमा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बागी दिएका नेता जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।

कास्की क्षेत्र नम्बर-३ को प्रतिनिधिसभामा एमालेले दामोदरलाई उम्मेदवार बनाएको छ । त्यसमा असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका एमाले प्रदेश कमिटी सदस्य जगन्नाथले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिएर नेता बास्तोला एमाले कास्कीले बुधबार आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्