प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट

0
Shares

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र चीनका राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नु भएको अवसरमा सो भेटघाट भएको हो ।

उक्त भेटघाटको अवसरमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिनु भएको थियो ।

शर्मा र यान्छीको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।