मनाङमा दुई जनाले लिए उम्मेदवारी फिर्ता

0
Shares

मनाङ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एकिकृत माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेश ‘क’का प्रदेश सभा सदस्यका एकिकृत माओवादी केन्द्रका उम्मेदवार कपिल लामाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश ‘ख’मा स्वतन्त्र उम्मेदवार कर्मा ध्वर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत तारादत्त बडुले जानकारी दिनुभयो ।

मनाङ प्रदेश ‘क’ मा नेपाली काङ्ग्रेसका उम्मेदवार मुनिन्द्र जंग गुरुङ र नेकपा एमालेका उम्मेदवार राजन गुरुङ बीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको समर्थनमा प्रदेश ‘ख’ मा राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्ने गरी स्वतन्त्र उम्मेदवार कर्मा ध्वर्जेले उम्मेदवारी फिर्ता लिनुभएको बडुले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । उम्मेदवारले फिर्ता नलिएपछि नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ, एमालेका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङ बीच प्रतिस्पर्धा हुनेछ ।