विप्लव नेतृत्वको पार्टीको नवौं महाधिवेसनको उदघाटन आज


काठमाडौं ।

मुलुक आमनिर्वाचनमा होम्मिरहदाँ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेसन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ ।

काठमाडौंमा हुने भनिएको महाधिवेसनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन । दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेसनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ । सो महाधिवेसनमा कति प्रतिनिधि रहनेछन रु त्यो भने खुलाईएको छैन ।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रवाट अलग्गिएर मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि बिभाजन गरी नेकपा गठन गरेका थिए । तीन बर्ष अघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि बिभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निमार्ण गर्ने तथा ४ मंसिरमा हुन गईरहेको निर्वाचनका वारेमा धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ ।