उत्साहप्रद र शान्तिपूर्णरूपमा उम्मेदवारी दर्ता

0
Shares

काठमाडौं । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने कार्य आइतबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

१ सय ६५ निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको मनोनयन दर्ता गरिएको हो । विगतमा निर्वाचन बहिष्कार गर्ने क्रममा कतिपय स्थानमा अप्रिय घटना भए तापनि यसपटक त्यस्तो स्थिति नरहेकोले शान्तिपूर्ण र उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवारहरूको मनोनयन दर्ता कार्य शान्तिपूर्ण रहेको बताउनुभयो । अत्यन्त उत्साह र सौहार्दपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता भएको जिकिर गर्दै उहाँले निर्वाचनको माहोल बन्दै गएको र उम्मेदवारको मनोनयनसँगै जिल्ला जिल्लामा निर्वाचनको रौनकता छाउने धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० निर्वाचन क्षेत्रको लागि उम्मेदवार मनोनयन दर्ता गरिएको थियो । प्रत्येक निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया शुरु गरिएको थियो । शुरुमा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए भने दिउ“सो १ बजेपछि राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारहरूले फूलमाला लगाएर बाजागाजाका साथ विजय उत्सवझैँ कार्यकर्ताहरू लिएर मनोनयनपत्र दर्ता गराएका थिए । मनोनयन दर्ताका लागि बिहान १० देखि सा“झ ५ बजेम्म समय तोकिएको थियो । ५ बजेभित्र प्रवेश गरेका उम्मेदवारहरूले भने सा“झसम्म पनि मनोनयन दर्ता गर्न पाउने व्यवस्था गरिएको थियो । एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको मनोनयनपत्रसहित प्रतिनिधिसभा र प्रदेशसभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीको मनोनयन दर्ता गराइएको थियो । प्रस्तावक र समर्थकले सोही निर्वाचन क्षेत्र अन्तर्गतको गाउ“पालिका वा नगरपालिकाको वडा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था छ । धरौटी रकमको हकमा प्रतिनिधिसभा सदस्यका लागि १० हजार रुपिया“ र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपिया“ निर्धारण गरिएको छ । महिला, दलित वा अल्पसङ््ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकको धरौटी रकममा ५० प्रतिशत छुट गरिएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन नपाउने प्रावधान रहेको छ । त्यस्तै, प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउ“पालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गरेर मात्र उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । त्यससँगै उम्मेदवारले आ–आफ्नो सम्पति विवरण पनि सिलबन्दी गरी पेश गरेका थिए । दलका उम्मेदवारको हकमा आफू सम्बन्धित दलको पत्र पेश गर्न लगाइएको थियो । त्यसैगरी, मनोनयन दर्ताका क्रममा उम्मेदवारहरूले १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए ।

आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसंगै स्वघोषणा पत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख गरिएको छ । स्वघोषणा पत्रमा उम्मेदवारले संविधानप्रति पूर्ण निष्ठावान रहेको, आफू २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, तीनवटै तहको सरकार र उनीहरूको स्वामित्व वा नियन्त्रणमा रहेका निकायबाट पारिश्रमिक पाउने गरी पदमा बहालमा नरहेकोलगायत उल्लेख गरिएको छ । त्यस्तै, स्वघोषणामा कुनै पनि सरकारी निकायलाई जिन्सी वा नगद बुझाउन बा“की नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बा“की नरहेको हुनुपर्ने पनि उल्लेख छ ।

काठमाडौं उपत्यकाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवार र तिनका प्रस्तावक र समर्थकलाई मात्र भित्र छिर्न दिइएको थियो । आयोगले उम्मेदवार मनोनयन दर्ताको दिन सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गरेको थियो ।

उम्मेदवारको मनोनयनयपत्र दर्तासँगै त्यसरी दर्ता भएका उम्मेदवारका सूची सार्वजनिक गर्ने, आज सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने र असोज २४ र २५ गते मनोनयनपत्र र उजुरीउपर जा“चबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ । यी सबै काम ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।