सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी

0
Shares

सप्तरी । सप्तरी(२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउत ९सिके राउत०को उम्मेदवारी परेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ ।

यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी(२ मा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गराएका हुन् । यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी(२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।

राउत गठबन्धनबिना नै चुनाव लड्दैछन् भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी(२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।