पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित



काठमाडौ । दशैं सकिएसँगै विरामीको चाप बढेपछि गरिएको कोरोना परीक्षणको रिपोर्टमा २४ घण्टामा देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा सक्रिय संक्रमितको संख्या ५ सय ७० जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विवरण अनुसार २४ घण्टामा १ हजार ७ सय ६१ नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा २३ जना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । यो अवधिमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १९ हजार ४ सय ६१ जना रहेको स्थास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्