प्रधानमन्त्री तथा कांग्रेस सभापतिद्वारा डडेल्धुराबाट उम्मेदवारी दर्ता

0
Shares

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उहाँकी पत्नी डा। आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

वारिसनामामार्फत डा।आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।