गृहमन्त्री खाँण रुपन्देही ३ र एमाले उपाध्यक्ष पौडेलद्वारा २ मा उम्मेदवारी दर्ता

0
Shares

बुटवल । नेपाली कांग्ेसका प्रभावशाली नेता तथा गृहमन्त्री वालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ वाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धको तर्फवाट गृहमन्त्री खाँणले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

खाँणसँग प्रतिष्पर्धाका लागि राप्रपाका दिपक बोहराले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा (एमाले) र जसपासँगको तालमेल पछि प्रतिनिधिसभामा बोहोराले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ् । पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । पौडेलले निरन्तर चुनाव जित्दै आएको यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै रुपन्देही क्षेत्र नं १ बाट एमाले उम्मेदवार छविलाल बिश्वकर्मा विरुद्ध एमाले परित्याग गरेका घनश्याम भुसालले उम्मेदवारी दर्ता गर्नु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएको हो ।