हेटौंडा । प्रतिनिधिसभातर्फ समानुपतिक बन्दसूचीमा मकवानपुरको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शून्य छन् । कम्युनिष्टको किल्ला भनेर चिनिने मकवानपुरमा समानुपतिकमा एक जना पनि नपरेका हुन् । एमाले र माओवादीले एक जना पनि बन्दसूचीमा नपारेको हो ।
जिल्लामा दुई ठूला दलले समानुपतिकमा नाम अटाउन नसके पनि अर्को ठूलो दल नेपाली कांग्रेसले भने समावेशी समूह मधेशीमा नगिना यादवलाई उम्मेदवारी प्रदान गरेको छ । बन्दसूचीमा सानाठूला दलका गरी २५ जनाको नाम समावेश भएको छ ।
मकवानपुरमा नेकपा (एकीकृत समाजवादी) बाट बन्दसूचीमा आदिवासी जनजाति महिलातर्फ अमलादेवी श्रेष्ठ, पुरुषतर्फ राजाराम स्याङ्तान र दलिततर्फ कल्पना बिश्वकर्मा पर्नुभएको छ ।
कांग्रेस (वीपी) बाट खसआर्यतर्फ रिताकुमारी खनाल, दलिततर्फ चुनुकुमारी दमाई, आदिवासी जनजातितर्फ रामबहादुर थिङ र रामकुमारी घलान हुनुहुन्छ । विवेकशील साझा पार्टीबाट दलिततर्फ मकवानपुरकी सोभिता परियार बन्दसूचीमा पर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदिवासी जनजातितर्फ विन्दबासिनी कंसाकार, हीरालाल स्याङ्तान, सुनिता राई (दनुवार) र नौरमान प्रजा, राप्रपा नेपालबाट आदिवासी जनजातितर्फ शान्ति बुलुन र राधिका श्रेष्ठ, खसआर्यतर्फ बालकृष्ण कार्की, अम्बिका कुमारी र सुमित्रा कठायत, दलिततर्फ कृष्णराम परियार पर्नुभएको छ । राप्रपाबाट आदिवासी जनजातितर्फ रामबहादुर थोकर र खसआर्यतर्फ इन्दिरा न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट शुभराज गोले पर्नुभएको छ ।











प्रतिक्रिया