सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार



बुटवल । शनिबार मात्रै नेकपा (एमाले) परित्याग गर्नु भएका घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ् । भुसालले आज बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताउनु भयो ।

भुसालले आफुलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो । उहाँले आफुलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफुले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको बताउनु भयो । ‘मलाई हिजो माओवादीका साथीहरुले बिनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गर्नु भएको थियो ।

कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएको पत्रकार समक्ष बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराती १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने प्रतिवद्धता दिनु भएको भुसालले बताउनु भयो ।

नेता भुसालले प्रचण्डले आफ्नो तर्फबाट कुनै उम्मेदवारी नदिई मलाई सघाउ गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो । व्यवहारिक राजनीतिमा जहाँ बढी संभावनाहरु छन्, त्यहीँबाट आफुले उम्मेदवारी दिन लागेको भुसालले बताउनु भयो । भुसालले अब आफु सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने बताउनु भयो ।

उहाँले आफु राजनीतिक मान्छे भएका कारण अरू क्षेत्रबाट राजनीतिमा योगदान हुनसके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताउनु भयो ।

भुसालले वाम एकताको कुरा गरेबापत आफुलाई किनारा लगाइएको खुलासा गर्नु भयोे । भुसालले नवौं महाधिवेशनमा नीति आफ्नो पारित भए पनि नेतृत्व ओलीको भएको बताउनु भयो । उहाँले समस्या त्यहाँबाट सुरुभएको दाबी गर्नु भयो । नीति अनुसारको नेतृत्व आएको भए एमाले भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्थ्यो, सरकार रोजगार दिनेमा हुन्थ्यो र संगठन चुस्त हुन्थ्यो उहाँको दावि थियो ।

प्रतिक्रिया दिनुहोस्