धादिङमा डेंगुका विरामी बढ्दै



धादिङ । जिल्लामा दिनहुँ डेंगु संक्रमित विरामीहरुको चाप बढेको छ ।

अस्पतालमा विरामी भर्ना गरेर राख्ने ठाउँको अभाव हुने गरी विरामी आउने गरेको अस्पतालले जनाएको छ । बडादसैँ बीचमा समेत विरामी अत्याधिक आउने गरेको अस्पतालले जनाएको छ । विरामी संख्या बढेसँगै बेडहरुको अभाव भएको छ ।

धादिङ अस्पतालमा डेंगु संक्रमित र भाइरलका विरामीहरु आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मधुकर दहालले बताउनुभयो । शनिबार मात्रै धादिङ जिल्लामा ४० जनामा डेंगु संक्रमित भएको स्वास्थ्य कार्यालयका तोयानाथ छत्कुलीले बताउनुभयो।

डेंगु नियन्त्रणका लागि सरोकारवाला निकायहरु पछिल्लो समय मौन देखिएका छन् भने स्थानीयहरु समेत डेंगु नियन्त्रणमा सहभागी भएका पाइएको छैन ।

देशभर फैलिरहेको डेंगु धादिङमा साउनदेखि हालसम्म ९ सय २७ भन्दा जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्