प्रधानमन्त्री, मन्त्रीले चुनाव प्रचार गर्न जान पाउने

0
Shares

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले चुनावको प्रचार-प्रसारणमा जान पाउने भएका छन् । चुनावी प्रचारप्रसारमा जान पाउने गरी आचारसंहिता परिमार्जन गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

आफू उमेदवार भएको क्षेत्रबाहेक अन्यत्र जानुपर्ने भए मन्त्रीले आयोगसँग अनुमति लिएर जान पाउने थपलियाले बताए । तर, उनीहरुले सरकारी स्रोत साधनको प्रयोग गर्न पाउने छैनन् ।

प्रधानमन्त्री, मन्त्रीले चुनाव प्रचार गर्न जान पाउनका लागि निर्वाचन आयोगले आचारसंहिता संशोधन गरेको छ ।