बाबुराम भट्टराई, अग्नी सापकोटा र अष्टलक्ष्मी शाक्य निर्वाचन मैदान बाहिर

0
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

तीन पटक लगातार प्रतिनिधिसभामा पु¥याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन् । उनले यसअघि सिन्धुपाल्चोचक क्षेत्र नम्बर १ बाट जितेका थिए ।

यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख कृष्ण महरा र एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।