पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

0
Shares

काठमाडौं । जुम्लामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको हो ।

दुई जना बेपत्ता भएका छन् । दुई जनालाई गम्भीर भाइते अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ । घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र जिल्ला प्रशासनलाई गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।