जसपाले छाड्यो सत्ता गठबन्धन, बैठकमा नेताहरु अनुपस्थित

0
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । आज (शुक्रबार) बालुवाटारमा बिहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपा सहभागी नभएको बताइएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी छन् ।

अब जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले बाँडफाँट गर्ने भएका छन् । यसमा केही समय लाग्ने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक मध्यान्ह १२ बजे बोलाएका छन् ।

सिट बाँडफाँटमा सहमति हुन नसकेपछि विहीबारबाटै जसपा गठबन्धनबाट बाहिरिएको थियो । उसले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग तालमेलको तयारी गरेको छ ।