जसपा नआए चार दलबीच मात्रै चुनावी तालमेल

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँडमा ढिलाइ भएको छ । हिजो (बिहीबार) अबेरसम्म बसेको बैठकमा जसपाका नेता उपस्थित नभएपछि सिट बाँडफाँडमा ढिलाइ भएको हो ।

सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन ।

सत्ता गठबन्धनले जसपालाई प्रतिनिधिसभातर्फ १६ सिट दिने तयारी गरेको छ । तर एमालेले भने झण्डै २५ सिट दिने बताएपछि जसपाको दोहोरो बार्गेनिङ चलेको नेताहरू बताउँछन् ।

गठबठन्धनको बैठक शुक्रबार बिहान पुनः बालुवाटारमा बस्ने भएको छ । दिउँसोसम्म जसपालाई कुर्ने र जसपाले निर्णय नदिए चार दलबीच मात्रै सिट बाँडफाँड गर्ने बताइएको छ ।

जसपाले गठबन्धन र नेकपा (एमाले) दुवैतिर तालमेलको कुरा चलाइरहेको छ ।