चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु, सबैको सनाखत



काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको-२ देउरालीमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि राति एक्कासी खसेको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । आज बिहानसम्म पनि खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्