भारतीय एक कम्पनीले उत्पादन गरेको रुघाखोकीको औषधीबाट ६६ बालबालिकाको मृत्यु



काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखाखोकीको औषधीले ६६ बालबालिकाको मृत्यु भएको छ । बच्चाहरूको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उक्त औषधी प्रयोग नगर्न चेतावनी दिएको छ ।

बुधबार मिडिया ब्रिफिङका क्रममा डब्लुएचओले गाम्बियामा रुखाखोकीको औषधी खाँदा ६६ बच्चाको मृत्यु भएको घटनामा त्यही औषधी नै प्रमुख कारण हुनसक्ने भन्दै प्रयोग नगर्न चेतावनी दिएको हो ।

डब्लुएचओले अन्य देशमा पठाइएको औषधी समेत प्रयोग नगर्न र जाँच गर्न भनेको छ । डब्लुएचओका अनुसार उक्त कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप उत्पादन गरेको छ । डब्लुएचओ र भारतको नियामक निकायले यसबारे जाँच गरिरहेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्