कांग्रेस नेता शेखर कोइराला समूहको छुट्टै भेला हुँदै

0
Shares

काठमाडौं । नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपरान्ह २ बजेदेखी बस्ने भएको छ ।

काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग भेला गर्दै आएका छन् ।

समानुपातिक बन्द सूचीमा एकलौटी गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।