आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्न कांग्रेसको बैठक बस्दै

0
Shares

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसको बैठक बस्ने भएको छ । आज (बिहीबार) उम्मेदवार छनोट गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो ।

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएको छ ।

कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार नबनाउने भएको छ ।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने छ ।