गृहजिल्ला झापाबाट काठमाडौं आइपुग्ने ओली, राष्ट्रपति कार्यालयमा टीका ग्रहण

0
Shares

काठमाडौं । दसैँका लागि तीन दिनअघि झापाको दमक पुगेका ओलीले आफ्नो निवासमा बुवाको हातबाट टीका ग्रहण गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दसैँको टीका आफ्ना बुवा मोहनप्रसाद ओलीबाट ग्रहण गरेका छन् ।

टीका ग्रहण गरे लगत्तै ओलीले त्यहाँ सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिएका थिए ।

ओली आजै काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ । काठमाडौंमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।