राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने, पूर्वराजाले नलगाउने

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाउने भएकी छन् । राष्ट्रपतिले विशिष्ट व्यक्तिका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ ।

त्यस्तै गरी सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ । राष्ट्रपति कार्यालयले टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ ।

यता पूर्वराजा ज्ञानेन्द्र शाहले भने सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । उनका सञ्चार सचिव फनीराज पाठकले डेङ्गु संक्रमणलगायत जनस्वास्थ्यलाई ख्याल गर्दै पूर्वराजाले यसपटक टीका लगाउने कार्यक्रम नराखेको जनाएका छन् ।