सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज (बुधबार) पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।

सिट बाँडफाँटका लागि गठबन्धनको दुई महिनादेखि जारी बैठकले आजसम्म निष्कर्षमा पुर्याउन सकेको छैन । अन्तिम निष्कर्षमा पुग्न बुधबार बैठक बस्न लागेको जनाइएको छ ।

प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच सघन छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्