समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको आज ५ बजेसम्मकाे अल्टिमेटम



काठमाडौँ।

समानुपातिक टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गरेर संघर्षमा उत्रिएको शेखर कोइराला पक्षले आज पाँच बजे सम्म पर्खिने भएको छ ।

साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपातिक सूची सच्याउने समय दिइएको संघर्षको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले बताएका छन् ।

घिमिरेले ट्वीट गर्दै भनेका छन्–नेपाली कांग्रेसका लागि सूची सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सूचीको प्रतिक्षामा रहेको जानकारी गराउँदछु।जय नेपाल !!’

समन्याय नभएमा देशब्यापी विद्रोह गर्ने चेतावनी सो समूहले दिइसकेको छ ।

सभापति शेरवहादुर देउवले समानुपातिकको बन्दसूची सच्याउने भने पनि अहिलेसम्म टुंगो लागेको छैन । शेखर पक्षले  ४० प्रतिशत माग गरेको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्