गाडी नपाएर समस्यामा परेका नागरिकलाई व्यवस्था गरी घर पठाउँदै पूर्वमन्त्री आले

0
Shares

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले दसैँमा घर जानका लागि गाडि नपाएर समस्यामा परेका डोटीका नागरिकलाई आज गाडि व्यवस्था गरी घर पठाउनु भएको छ ।

विभिन्न कामले काठमाडौँमा रहेका तर हाल दशैँका कारण गाडि नपाएर समस्यामा परेका डोटीका कम्तीमा पनि एक सय जनालाई दुई वटा नाइट बसको व्यवस्था गरी उनीहरुलाई जिल्ला पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

काठमाडौँदेखि डोटीका लागि प्रयाप्त बस नभएको र हवाई भाडा समेत महङ्गो भएका कारण उनीहरुलाई दशैंमा घर जान समस्या भएको हामीले जानकारी गराएपछि पूर्व मन्त्री आलेले आफ्नै खर्चमा दुई वटा बस बुकिङ गरी आज डोटी तर्फ पठाउनु भएको डोटीको शिखर नगरपालिका–१ का नेत्र शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडि नपाएर हामी सयौँ जना अल्पत्र जस्तै परेका थियौँ, हामीले पूर्वमन्त्री ज्युलाई सहयोगका लागि आग्रह गरेपछि उहाँले बसको व्यवस्था गर्नुभयो, अहिले घर जान पायौँ खुशी छौँ ।”