सत्तारूढ दल नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले बिहीबार वडा दशैंको शुभकामना आदान प्रदान तथा चीयापानको आयोजना गर्यो । कांग्रेसले इतिहासदेखि नै कोजाग्रत पूर्णीमाको दिन दसैँ तिहार छैंठ समेतको शुभकामना आदान प्रदान तथा चीयापान गराउने परम्परा थियो ।
तर टिकट वितरणका सन्दर्भमा संस्थापन पक्षसँग रुष्ट बनेको कोइराला समुहले चीयापान गरेर देउवाको निर्णय सच्याउन दवाद दिएको बताए । गत दुइ हप्तादेखि चरणबद्धरुपमा सर्घष गर्दै आएको यो समुहले बुधबार मात्रै पार्टी कार्यालयमा धर्ना दिएको थियो । गत हप्ता बानेश्वरमा पार्टीभित्र समान अवसर र न्यायका लागि खबरदारी कार्यक्रम गरेको कोइराला समुले समानुपातिक सूची बुझायँदा देउवाले एकल निर्णय गरेर आफ्नो समुहलाई अन्याय गरेको आरोप लगाएको छ ।
त्यसैको निरन्तरता स्वरुप बिहीबार शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रम गरेको छ । यो समूहले बिहीबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यााण्डमा चियापान कार्यक्रम गरेको हो । कार्यक्रममा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, सहमहान्त्री बद्री पाण्डे, नेता मिनेन्द्र रिजाललगायतको उपस्थिति थियो । पछिल्लो समय समान अवसर र न्यायका लागि भन्दै खबरदारी अभियान चलाइरहेको शेखर–गगन समूहले दशैंको चौंथो दिनै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेर देउवाको ध्यानाकर्षण गराउन खोजेको सन्देश दिएको छ ।
प्रत्यक्षमा पनि कम्तीमा ४० प्रतिशत सिटको बटमलाइनसहित संस्थापन पक्षलाई दबाब दिँदै आएको यो समूहले आयोगमा पार्टीले बुझाएको बन्दसूचीप्रति तीब्र असन्तुष्टि व्यक्त गरेको छ । डा.कोइराला पक्षको खबरदारीका विषयमा संस्थापन पक्षले अनावश्यक भएको भन्दै टिप्पणी गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक सूची बुझाउँदा ससैको सहमति अनुसार नै गरिएको भन्दै बन्दसूची पेश गर्दा कसैलाई अन्याय नभएको तर केही त्रुटी भएकाले त्यसलाई सच्याएर जाने बताउनुभएको छ ।











प्रतिक्रिया