वागी आउँदापनि जिते अहिलेपनि अठोटका साथ लागेको छु : विन्दु थापा

0
Shares

कास्की।

नेपाली कांग्रेस गण्डकी प्रेदेशसभा क्षेत्र नं. २ को (ख) मा बहालवाला २ मन्त्रीबीच टिकटका लागि टकराव चलिरहेको छ । प्रत्यक्षतर्फबाट निर्वाचित कानुन मन्त्री विन्दुकुमार थापा र समानुपातिक तर्फबाट निर्वाचित भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार थापा प्रदेशसभामै पुनः भिड्ने कसरत चलिरहेको छ । यी दुई मन्त्रीबीच कस्ले बाजीमार्छ त्यो हेर्न बाकिँ नै छ । तर दुइबीचको मनमुटाव भने निकै बढीरहेको छ । मंसिरको निर्वाचन नजिकिएसँगै अहिले टिकट पाउने दौडमा अनेकौँ नेताहरु लागिपरेका छन् । क्षेत्र २ (ख) मा पनि मन्त्रीद्धय सहित ७ जनाको नाम सिफारिस छ ।

कानुन मन्त्री थापाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफूले प्रदेशसभामै दोहोरिने इच्छा जाहेर गर्नुभयो । उहाँले कास्कीमा प्रत्यक्षतर्फ आफुमात्रै निर्वाचित भएको सुनाउँदै टिकट पनि आफूले पाउनुपर्ने बताउनुहुन्छ । ‘मैले प्रदेशसभामै इच्छा रोखेको छु । हिजो वागी उठ्दासमेत मैले विजयी हासिल गरेकै हुँ । त्यसैले अहिलेपनि अठोट गरेर गएको छु’ उहाँले भन्नुभयो, ‘हामी टिकटको रेसमा छौँ । कसैलेपनि टिकट पाइसकेको अवस्था छैन् । ७ जना हामी छौँ कास्कीको २ को ख को कुरा गर्दा हामी जस्लेपनि पाउन सक्छौँ । यो मेरो अन्तिम पटक हो ।’

मन्त्री थापाले यातायात मन्त्री खड्काले पार्टीलाइ कम्जोर बनाउने काम गरेको सुनाउनुभयो । खड्का अस्वस्थ प्रतिस्पर्धाको बाटोमा हिडिँरहेको प्रतिक्रिया दिनुभयो । ‘यो समयमा पार्टीको व्यारनामा रहेर समग्र भेला गर्ने भनेको चाहिँ पार्टीलाई नै कम्जोर बनाउने हो । यसले पार्टीलाइ फाइदा पक्का पनि गर्दैन र यो अस्वस्थ प्रतिस्पर्धाको एउटा नमूना हो भन्ने मलाइ लाग्छ । त्यो गर्नु राम्रो होइन् ।’ उहाँभन्नु हुन्छ,‘ अर्को उहाँहरुको विभिन्न कार्यक्रममा मुख्यमन्त्री नहुने हो भने टिकट म लिदिन भन्ने वक्तव्यहरु पनि आइराखेकै छन् । त्यो पनि मलाइ जायज र सान्दर्भिक हो जस्तो लाग्दैन् ।’

आफ्नो तर्फबाट अस्वस्थ प्रतिस्पर्धा भएजस्तो नलागेको र कसैलाई पनि गालिगलोज गर्ने र अर्को उम्मेदवारलाई होच्याउने काम नगरेको दाबी उहाँको छ । खड्काको अनेक गतिविधिका कारण आफूले चाहेको मन्त्रालय नपाएको बताउँदै थापाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गरेको समेत बताउनुभयो । उहाँले बजेट निमार्णको सन्दर्भमा आफ्नो भूमिका शुन्य रहेको सुनाउँदै समानुपातिक उम्मेदवारलाइ बढी प्राथमिकता दिएको गुनासो गर्नुभयो । ‘हामी दुई प्रणालीबाट निर्वाचनमा जान्छौँ । समानुपाति प्रणलीबाट आउने जतिपनि सांसद्हरु हुनुहुन्छ उहाँहरु अलिकति हाबि भएको देखिन्छ किनभने नेपाली कांगे्रसकै कुरा गर्दा निर्वाचित हामी ६ जना छौँ भने समानुपातिकबाट आउने ९ जना हुनुहुन्छ’ उहाँले भन्नुभयो,‘यो निर्वाचित सांसद्हरुको अवमुल्यन गरेको देखियो ।’ हरेक कुरामा समानुपातिबाट आउने सांसद्को भूमिका महत्वपूर्ण देखिएको बताउनुभयो ।
सबै सेवा सुविधा सामाजिक कार्यमा, खड्काको वडामा ठुलो खर्च

मन्त्री थापाले सांसद भएपश्चात पाउने गरेको तलब भत्ताजति सबै सामाजिक कार्यमा खर्च गरेको बताउनुभयो । २०७४ सालदेखि हालसम्म आफ्नो खानामा आएको ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ सबै सामाजिक कार्यमा खर्च गरेको विवरण सार्वजानिक गर्नुभएको हो । पाँच वर्षको कार्यकालमा आफ्नो मासिक पारिश्रमिक, बैठकभत्ता तथा अन्य सुविधा सहित ५८ लाख २९ हजार ६६ रुपैयाँ विकास निमार्ण र सामाजिक कार्यमा खर्च गरेको बताउनुभयो ।

आफूले प्रदेशबाट जति सुविधा पाउनुपर्ने त्यो नपाएको गुनासो पोख्दै राजनिति आफ्ना लागि पेशा नभइ सेवा रहेको दाबी गर्नुभयो । ‘राजनीति मेरा लागि पेशा कदापी होइन । व्यापार व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपाजनमा समस्या छैन’ उहाँले भन्नुभयो,‘ निर्वाचित हुनअघि नै राज्यबाट पाउने सेवा सविधा सामाजिक सेवामा खर्च गर्ने प्रण थिए । सोहिअनुरुप हिजो प्रदेश सांसद हुँदा होस् या अहिले बहालवाला मन्त्रीका रुपमा सेवा गरिरहँदा होस् । मैले प्राप्त गरेका सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको छु ।’

मन्त्री थापाले २०७८ चैत्र देखि हालसम्म ११ लाख ३६ हजार ७ सय रुपियाँ सामाजिक कार्यमा खर्च गरेको विवरण समेत सार्वजानिक गर्नुभएको छ । उक्त खर्चमध्ये सबैभन्दा बढी सहयोग कुमार खड्काकै वडामा छ । खड्को वडा नं. १६ मा विभिन्न ६ वटा शिर्षकमा २ लाख ६ हजार ५ सय खर्च गरेको विवरणमा उल्लेख छ । यसले खड्काको वडाको कार्यकर्ता आफु तर्फ आकर्षित गर्न लागेको हो कि भन्ने पनि देखाएको छ ।