मन्त्री थापाद्वारा पाँच वर्षे कार्यकालको आम्दानीखर्च विवरण सार्वजनिक

राज्यबाट लिएको सेवा सुविधाको सबै रकम सामाजिक कार्यमा

0
Shares

कास्की।

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच बर्षे कार्यकालको आम्दानीखर्च विवरण सार्वजनिक गर्नु भएको छ । नेपालीकाँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा ख बाट प्रतक्षमा निर्वाचित मन्त्री थापाले विहीवार पोखरामा पत्रकार सम्मेलन गरी विज्ञप्तिमार्फत आम्दानीखर्च विवरण सार्वजनिकगर्नु भएकाहो ।

मन्त्रीथापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गर्नु भएको थियो । उहाँले २०७४ माघ देखि हालसम्मको उक्त समयमा राज्यबाट उहाँको बैंकखातामा ४० लाख ७१ हजार २ सय ४९ रुपियाँ ३९ पैसा जम्मा भएको थियो भने उहाँले सोही अवधिमा व्यक्तिगत रकम समेत थप गरी ५८लाख २९ हजार ६६ रुपियाँ ५२ पैसा बराबरको विकाशखर्च र सामाजिककार्य गरेको जानकारी दिनु भयो ।

‘प्रदेश सांसद हुँदादेखि बहालवालामन्त्रीका रुपमा मैैले प्राप्तगर्ने सबै आर्थिक सुविधाविकास निर्माण र सामाजिक कार्यमा लगाएको छु । प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि लिएको छैन । जुन विषय यहाँहरुलाई अवगत् नै छ ।’,उहाँले भन्नुभयो । ‘सामाजिककार्य अन्तर्गत क्यान्सर पीडित, दलित बस्तीमा खानेपानीलगायतमाखर्च गर्दा आफूलाई आत्मसन्तुष्टी हुने गरेको छ ।’ उहाँले राजनीतिआफ्नालागि सेवाभएको जिकिर गर्नुभयो ।

प्रदेश सभा र प्रदेश तहको सरकारको यो पहिलो कार्यकाल भएको उल्लेख मन्त्री थापाले गर्नु भयो । बलियो घर निर्माणका लागीबलियो जगको अति महत्व हुने भन्दै घरको संरचना त्यही जगमा उभिएको हुन्छ । सोही अनुरुप पहिलो कार्यकाल भएकाले पनि प्रदेशले संघीयताको मर्म भावना अनुरुप कार्य सम्पादनका लागि विभिन्न कानून तथा आधारभूत संरचना निर्माणका लागि अधिकतम ध्यान र मेहेनत गरेको बताउनुभयो ।

प्रदेशका कतिपय गतिविधि र क्रियाकलापहरु अझ स्पष्ट रुपमा आमजनमानसमा भिज्न नसकेता पनि यस अवधिमा भएका कानुनका निर्माण र अन्यगतिविधिले अर्को पटकको प्रदेश सभा सञ्चालन र सरकारको चुस्त दुरुस्त कार्यका लागि बाटो तय गरेको भनाई उहाँको छ । संघीयताको असल अभ्यास अर्काे पटक अझ स्पष्ट देखिनेछ भन्ने विश्वास मन्त्री थापाले लिनुभएको छ ।

मन्त्री थापाले प्रदेशको समृद्धि र विकासका लागि सरकारको एक जिम्मेबार सदस्यको रुपमा काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आफू राजनीतिमा नितान्त सेवागर्ने उद्देश्यनुरुप आएको उल्लेख गर्नुभयो ।

‘राजनीति मेरा लागि पेशा कदापी होइन् । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन । राजनीतिमा नितान्त सेवाका लागि आएको हुँ ।’,उहाँले भन्नुभयो ।

मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः७,लाख नौ हजार १ सय ३५, ६ लाख १० हजार ६ सय ३९, ८ लाख ५९ हजार ८ सय ६८, १३ लाख ६६ हजार ३ सय ६० र पाँच लाख २५ हजार २ सय ४७जम्मा भएको विज्ञप्तीमा उल्लेख छ । बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सेवासुविधा समेतको हो । निर्वाचितभए देखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्ष देखि क्रमशः १०लाख ५४ हजार ६ सय ५५, ९लाख ३ हजार ७ सय १, १२लाख ४७हजार ४०, १४लाख ८६ हजार ९ सय ७० र ११ लाख ३६हजार ७ सयखर्च गरेको जनाइएको छ ।

विगतमा आफूले गरेका कामलाई पार्टीले मुल्यांकन गर्नेमा विश्वस्त रहेको मन्त्री थापाले बताउनु भयो । मिडियाको खबरदारीले लोकतन्त्रलाई बलियो बनाउन सघाउने विश्वास व्यक्त गर्दै उहाँले रचनात्मक सुझाव र सल्लाहको अपेक्षा गर्नु भयो । मन्त्री थापाले आगामी दिनहरुमा समेत देशको समृद्धी र जनताको जीवनस्तर उकास्ने अभियानमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।