काठमाडौं महानगरद्वारा चाडवाड लक्षित अनुगमन शुरू

0
Shares

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले चाडवाड लक्षित अनुगमन शुरू गरेको छ । मंगलबार बिहान कामपाका उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वको टोलीले अनुगमन शुरू गरेको हो । अनुगमनका क्रममा टोलीले दशैंका लागि ल्याइएका खसीबोका, तरकारी तथा फलफुल र खाद्यको गरेको हो । महानगरले तीनवटा टोली बनाएर अनुगमन शुरू हो । चाडवाड लक्षित अनुगमन दशंै र तिहारसम्मका लागि हुनेछ ।

उपप्रमुखले नेतृत्वको टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसीबजार तथा त्यस क्षेत्रमा भएका मासु पसल अनुगमन गरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शनकक्ष र भण्डारकक्षमा अनुगमन गरेको थियो । टोलीले केही बोरा चामलको म्याद गुज्रिन लागेको अवस्थामा भेटिएको थियो । त्यसपछि कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य बस्तुको बिक्रीको अवस्थाबारे अनुगमन गरेको थियो ।

त्यस क्रममा सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्ष हेरिएको थियो । त्यस्तै, पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, बिक्री कक्षको प्रबन्ध, खरिद तथा बिक्री बिल, दर्ता तथा नवीकरणजस्ता पक्ष हेरिएको थियो ।अनुगमनपछि बोल्दै उपप्रमुख एवं समितिकी संयोजक डंगोलले ‘कानुन बराबर भएकाले बजारमा गलत गर्ने सबैलाई कारबाही गरिने धारणा राख्नुभयो । ‘त्यसो भन्दैमा अनुगमनमा कारबाही नै गर्नु पर्छ भन्ने पनि होइन ।

सामान्य खालका समस्या गर्नेलाई सचेत बनाउने, सुधार गर्न मौका दिने र गम्भीर प्रकृतिको गल्ती गर्नेलाई कारबाही गर्ने हो । उपभोक्ताहरूलाई पनि जागरुक बनाउने हो । स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्छ’ –उहाँको भनाइ थियो । ‘आफूले खरिद गर्ने सामानको उत्पादक को हो, कहिले उत्पादन भएको हो, उपभोग्य मिति कहिलेसम्म छ, अतिकतम मूल्य कति हो, सामग्री तयार हुँदा के के मिसाइएको छ हेरेर मात्र खरिद गर्नुहोला । पर्वका समयमा अनुचित लाभ लिनेहरू पनि हुन सक्छन् भन्ने विषयमा सचेत हुनुपर्छ’ –उहाँले भन्नुभयो ।

उहाँले अनधिकृत व्यापारिक क्रियाकलापका सन्दर्भमा महानगरका हटलाइन फोनमा गुनासो टिपाउन सर्वसाधारणलाई आह्वान गर्दै भन्नुभयो– ‘हामी उजुरीकर्ताको नाम गोप्य राख्छौं । तपार्इंले टिपाएको समस्या समाधान गर्न हामी त्यहीँ पुग्छौँ ।’महानगरका टोल फ्रि नम्बरहरू १६६००१ ०५५११ र ११८० हुन् । यीमध्ये ११८० स्वास्थ्य सेवाका लागि अन्तिममा ५५११ भएको नम्बर अन्य गुनासा तथा सुझावका लागि हो ।खाद्य तथा व्यापार केन्द्रको गोदाममा भएका चामलको म्यादका सम्बन्धमा संस्थानकी प्रादेशिक प्रमुख ज्ञानु थापाले उपभोक्तालाई म्याद सकिएका कुनै पनि सामान बेच्ने मनसाय नरहेको बताउनुभयो । खाद्य संस्थानमा केही कमजोरी भएकै हो । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ‘सरकारका संयन्त्रहरूले नमुना भएर देखाउनुपर्ने बताउनुभयो ।

हिजोबाट कामपाको नेतृत्वमा कलंकी, टुकुचा र बालाजु क्षेत्रमा अनुगमन गरेको छ । ती क्षेत्रले अन्य तीन स्थानमा स्वाथ्य परीक्षण गरेको थियो । कलंकीको टोलीले बल्खु, टुकुचाको टोलीले थापाथलीस्थित खाद्य व्यापार र बालाजुको टोलीले सुकेधारामा समेत परीक्षण र अनुगमन गरेको थियो ।
कामपाले विशेष गरी खसीबोकाको स्वाथ्य परीक्षण र अनुगमन गरेको थियो । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले परीक्षण गरिएकामध्ये स्वस्थको सिङमा हरियो र अस्वस्थकोमा रातो रङ लगाउनेछ । कामपाले अस्वस्थ खसीबोका खरिद नगर्न आग्रह गरेको छ ।

कामपाको संयोजनमा पशुसेवा विभाग र पशु अस्पताल तथा विज्ञ केन्द्र ललितपुरको टोली सहभागी छ । महानगरले चौपाया बिक्रीस्थलमै आइसोलेसन सेन्टर तयार गरेको छ । ती सेन्टरमा तत्काल उपचार सम्भव भएका चौपायाको सोही स्थानमा स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था गरेको छ ।