मधेश प्रदेशमा गठबन्धन दलहरुबीच स्वस्थ प्रतिष्पर्धा हुने संकेत

धनुषा १ मा अर्विन्द्र महतोले नछाड्ने

0
Shares

काठमाडौं।

सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने भनेर भागबण्डाको छलफल चलिरहदा तराइमा फरक मत प्रकट भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँटको सहमतिका लागि दैनिक जसो बैठक बसीरहेको अवस्थामा मधेश प्रदेशमा गठबन्धन नहुने नेताहरुले संकेत देखाएका हुन । नेपाली कांग्रेसको राम्रो संगठन रहेको मधेशमा त्याहाका नेताहरुले गठबन्धन आवश्यक नभएको बताए ।

कांग्रेस एक्लै चुनाव लड्दा पहिलो पार्टी बन्ने निश्चित भएपनि केन्द्रिय नेताहरुले गठबन्धन गरेरै जाने ढीपी गर्न नहुने धनुषा क्षेत्र नम्बर १ का नेता अर्विन्द्र महतोले बताउनुभयो । मशेध प्रदेशमा कांग्रेसले कुनै दलसँग गठबन्धन आवश्यक नरहेको उहाँको भनाइ छ ।

एमालेलाई रोक्न चुनावी तालमेल गरेको गठबन्धका नेताहरुले स्थानीय नागरिकहरुको भावना नबुझी तराईमा गठबन्धन गर्दा त्यसले उल्टो परिणाम दिने अवस्थामा सृजना हुने धनुषाका नेताहरुले बताएका छन् । ‘मधेश प्रदेशमा कांग्रेसले गठबन्धन गर्नु औचित्यहित देखेको छु’, महतोले भन्नुभयो, यसले पार्टीलाई फाइदा होइन घाटा पुग्छ । पाँच दलिय गठबन्धनका नेताहरु धेरैलाई चुनाव जित्न मुस्कील पर्छ ।’

०७४ सालको निर्वाचनमा एमाले माओवादी केन्द्रबीचको गठबन्धनले कम मतले धेरै ठाउँहरुमा चुनाव जितेको भएपनि अहिले सबै पार्टीहरु एक्ला एक्लै भिड्दा सबैभन्दा बढी सिट कांग्रेसले नै ल्याउने अवस्था हरेकाले गठबन्धन मधेशका कार्यकर्ताले स्वीकार गर्न नमान्ने उहाँले बताउनुभयो ।

यस प्रदेशमा ४९ वटा स्थानीय तह कांग्रेसले जितेको छ । गठबन्धनका नाममा जनमत नै नभएका दलका नेताहरुलाई टिकट दिदा कार्यकर्तामा असन्तृष्टि चुलिने र गठबन्धनलाई घाटा पुग्ने नेताहरुको जिकीर छ ।

तराइका नेताहको मनोभावना अनुसार गठबन्धनका शीर्ष नेताहरुले समेत स्थानीय तहको निर्वाचनमा जस्तै गठबन्धन नमिलेका क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा गर्न सकिने संकेत दिएको तराइका नेताहरुको भनाइ छ । धनुष १ मा गठबनधनका तर्फबाट माओवादीका नेता मातृका यादवलाई अघि सार्ने छनक देखिएपछि त्यहाको माहोल विग्रीएको छ ।

गत निर्वाचनमा एमालेसँग मिलेर चुनाव जितेका यादवले जिल्लामा विवादीत काम गरेको, केन्द्रीय योजनाहरु न्हालेको, भएगरेका विकासे योजनामा भ्रष्टाचार बढेको भन्दै उनी प्रति स्थानीयहरु आक्रोशित छन् । गठबन्धनले यादवलाई टिकट दिएको खण्डमा चुनाव जित्न मुस्कील देखिएको स्थानीय नेताहरुले बताएका छन् ।

कांग्रेसको भलाईका लागि मधेश प्रदेशमा गठबन्धन हुनु नहुने तराइका नेताहरुले निरन्तर भनिरहेपनि पार्टी नेतृत्वले जवरजस्ती गर्दा आन्तरिक असन्तुष्टि बढ्ने उनीहरुको दवाद छ । शीर्ष नेताहरुलाई यो विषयमा जानकारी गराइसकेको र परिणाम सोचेको जस्तो नआउने धनुषा क्षेत्र नम्बर २ का एक नेताले बताए ।

गठबन्धन गर्दा या नगर्दा जे गरेपनि समाजसेवीका रुपमा चिनिएका कांग्रेस नेता अर्विन्द्र महतोलाई नै जनताले चाहेको भन्दै स्थानीय नेताहरुले महतोलाई टिकट दिलाउन पार्टीका शीर्ष नेताहरुसँग दवाद दिइरहेका छन् । आफुले जित्ने अवस्था भएको र गठबन्धनका नाममा अन्य व्यक्तिहरुलाई पठाए परिणाम उल्टो आउने भन्दै कुनै हालतमा धनुषा क्षेत्र नम्बर १ बाट आफै चुनाव उठ्ने महतोले बताउनुभयो ।