नेपाल र बंगलादेश भिड्दै

0
Shares

काठमाडौं ।

फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार)  नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् । गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।

यस्तो छ हेड टु हेड:

नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ ।जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।