सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी

0
Shares

काठमाडौं  । 

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

लामिछाने नेपाल नफर्किएपछि नेपाल प्रहरीले इन्टरपोलको प्रधान कार्यालयमा पक्राउका लागि अनुरोध गरेको थियो । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलको प्रधान कार्यालयले डिफ्युजन नोटिस जारी गरेको हो ।

इन्टरपोल प्रधान कार्यालयले डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्ने भएका छन् ।

किशोरी बलात्कारको आरोप लागेका क्यारेबियन लिग खेल्न गएका लामिछाने हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्ने परिवारबाहेक अन्यलाई कुनै जानकारी छैन ।