विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठ कांग्रेस प्रवेश

0
Shares

काठमाडौँ।

विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश गरेकी छन्।

सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीको सदस्यता दिएर स्वागत गरेका छन्।

श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट संघीय संसद सदस्यमा चुनाव लडेकी थिइन्।

उनले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै कांग्रेसमा प्रवेश गरेका बताइन्।