शासक र प्रशासक मुलुकका सेवक हुन भन्ने बुझ्न जरुरी छ : गृहमन्त्री खाँण

0
Shares

बुटवल।

गृहमन्त्री बालकृष्ण खाँणले देशका शासक र प्रशासक मुलुकका सेवक हुन भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउनु भयो ।
संविधानको अक्षेरश पालना नहुदा सम्म मुलुकमा शुसासन नआउने भन्दै उहाँले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको आरोप लगाउनु भयो ।

उहाँले नेपालको संविधानले कुनै पनि नागरिकलाई अनागारिक हुने छैनन् भनी गरेको व्यवस्थालाई राष्ट्रपतिले नागरिकता विधेयक रोकिँदिंदा लाखौं नागरिक सम्बैधानिक व्यवस्थाको पालनावाट बन्चित हुन परेको तितो सत्य उजागर गर्नु भयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको पाँचौं स्थापना दिवसलाई सोमबार बुटवलमा सम्बोधन गर्दै गृहमन्त्री खाँणले २०७८ साल जेठ २७गते केपीशर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरुले जस्ताको तस्तै अगाडि बढाएको खुलासा गर्नु भयो ।

मुलुकका एक जना पनि नागरिकले नागरिकता विहीन हुँदा गृहमन्त्रीको नाताले आफूले त्यसको जवाफ दिनुपर्छ भन्दै गृहमन्त्री खाँणले नागरिकताको पखाईमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुनु जरुरी रहेको चेतावनी दिनु भयो ।

गृहमनत्री खाँणले संविधान कार्यान्वयनका लागि नागरिकता विधेयकलाई अगाडि बढाएको बताउदै राष्ट्रपतिको नाम नलिए पनि विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको दावी गर्नु भयो ।उहाँले नागरिकता नहुँदा शिक्षादेखि बैंकमा खाता खोल्न समेत बञ्चित हुनुपरेको खुलासा गर्नु भयो ।

गृहमन्त्री खाँणले मंसिर ४ गते हुने निर्वाचन वितेको स्थानीयतहको निर्वाचन जस्तै स्वच्छ र धाँधलीरहीत रुपमा सम्पन्नगर्ने प्रतिबद्धता समेत दोहोराउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सञ्चार तथा कानुनमन्त्री तिलकराम शर्माले संघियताको सही कार्यान्वयन अझै हुन नसकेको भन्दै त्यसतर्फ गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले मुलुकको अर्थतन्त्रका बारेमा बहश चलाउन जरुरी रहेको औल्याउनु भयो ।

,राससकापूर्व अध्यक्ष बालकृष्ण चापागाई, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषिधमला लुम्बिनी प्रदेशका सञ्चार तथा कानुन मन्त्रालयका सचिव मलधमला रिपोर्टर्स क्लब नेपाल लुम्बिनी संयोजक रामकुमार क्षेत्रीलगायतले संघियता र शुसासनका लागि सवैले दयित्व पूरा गर्न आवश्यक रहेको औल्याउनु भएको थियो ।

सोही समारोहमा पत्रकार रेखा भुसाल र रामप्रसाद आचार्यलाई नगदसहित सम्मान गरिएको थियो ।