कांग्रेसको संस्थापनइतरले थाल्यो आन्दोलन, पार्टी कार्यालयमा धर्ना दिने

0
Shares

 

काठमाडौँ

नेपाली कांग्रेसको संस्थापतइतर समूहले आन्दोलन घोषणा गरेको छ। समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले मनोमानी गरेको भन्दै इतर समूहले आन्दोलनको घोषणा गरेको हो।

काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार सम्पन्न भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको हो।

समानुपातिकको बन्दसूची सच्याएर आफ्नो समूहका नेताहरुको नाम समावेशका लागि दबाबद दिन असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको छ।

भेलाले असोज १३ गते इतर समूहका पहिलो तहका नेताहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ।

संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताहरु दबाबमुलक कार्यक्रम गर्दै आएका छन्।

उनीहरुले १४ गतेसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिने समेत चेतावनी दिएका छन्।