१० जना मृत अवस्थामा फेला

0
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै ठाउँमा १० जना मृत फेला परेको छन् । हिजो (शुक्रबार) र आज (शनिबार) उनीहरु मृत फेला परेका हुन् ।

हिजो काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती डेरा गरी बस्ने काभ्रे रोशीखोला गाउँपालिका–१० घर भएका ६५ वर्षीय राम बहादुर तामाङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर गोदावरी नगरपालिका–१३ झरुवारासी डेरा गरी बस्ने रोल्पा त्रिवेणी घर भएका ४० वर्षीय करण पुनः आफ्नै डेरा नजिकै सडक छेउको झाडीमा हिजो मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर भक्तपुर नगरपालिका–६ डेकोचा महाकाली डेरा गरी बस्ने काभ्रे घर भएका ३५ वर्षीय रोशन थापा सोही ठाउँस्थित शौचालयमा आज मृत अवस्थामा फेला परेका छन् ।

बारा करैयामाई गाउँपालिका–४ बस्ने मंसुर अंसारीकी छोरी ८ वर्षीया मुस्कान खातुन सोही गाउँपालिका–२ स्थित राजदेवी माई पोखरीमा हिजो मृत अवस्थामा फेला परेकी छिन् ।

धनुषा, जनकपुर उपमहानगरपालिका–८ स्थित रत्नसागर पोखरीमा सोही ठाउँ बस्ने १९ वर्षीय कमल मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहट यमुनामाई गाउँपालिका–४ चपुर गौरस्थित सरुअठा चोकमा राजपुर नगरपालिका–६ बस्ने ५० वर्षीय एनुल मन्सुरी हिजो मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरी, मटिहानी नगरपालिका–१ छोटका धिरापुर बस्ने ४० वर्षीया अमना खातुन सोही ठाउँस्थित बिगही खोला किनारामा रहेको बाँसको झ्याङ्ग छेउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट घाँस काट्न भनी हिँडेकी उनी घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

सर्लाही, हरिवन नगरपालिका–६ स्थित साईफन नहरमा सोही नगरपालिका–११ बस्ने ६५ वर्षीया भत्तमायाँ खड्का शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

पर्सा, कालिकामाई गाउँपालिका–४ कट्टी बालुवा बस्ने बिजय साहकी छोरी १३ वर्षीया गिरिजा कुमारी साह आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, भरतपुर महानगरपालिका–१८ गाजिपुरस्थित नारायणी नदीको बीच टापुमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

घटनास्थल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।