पत्रकार दबू ललितपुरको अध्यक्षमा मञ्जु बज्राचार्य

0
Shares

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित हुनुभएको ।

२०५४ सालदेखि सञ्चारको श्रृव्य विधामा सक्रिय रहनुभएका बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कार्यसमितिको उपाध्यक्षद्वय लक्ष्मीकुमारी श्रेष्ठ, सुनीता बाटाजु, सचिवमा पूर्णिमा शाक्य, सहसचिवमा कुसुम शाक्य र कोषाध्यक्षमा कल्पना महर्जन रहनुभएको छ । त्यस्तै कार्यसमितिमा बाबुकाजी महर्जन ‘जल्मी’ पवित्रकुमार महर्जन लगायत रहनुभएको छ ।

कार्यसमितिमा निर्वतमान अध्यक्ष सागर महर्जन पनि रहनुहुनेछ । त्यसैगरी केन्द्रीय सभासद्मा सागर महर्जन, विश्वन्तर शाक्य,सुविनकुमार श्रेष्ठ, विकास माली र अनुप महर्जन चयन हुनुभएको छ । निर्वाचित हुनुहुनेलाई निर्वाचन अधिकृत एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलालले प्रमाणपत्र वितरण गर्र्नुभयो ।

यस अघि आयोजित समारोहमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारितालाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकासमा पु¥याएको भूमिका बारे केन्द्रीत गरी आफ्नो भनाई राख्नुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानले पत्रकारिताको विकासको लागि पत्रकार राष्ट्रिय दबूसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।