बुद्धझैँ त्यागी बन्न नेताहरुलाई गृहमन्त्री खाँणको आग्रह

शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधी उपचार सरकारले गर्ने

0
Shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा नेताहरुलाई भगवान गौतम बुद्धको देश भएकाले बुद्धका उपदेशका पालना गर्न आग्रह गर्नुभयो । निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिष्पर्धा भईरहेको बताउँदै गृहमन्त्री खाँणले सबैलाई टिकट दिन नसकेको कारण बुद्धले झै त्याग गर्न आवश्यक रहेको बताउनुभयो ।

यो संवेदनशिल बेलामा शान्तीपूर्वक निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाई छुनुपर्ने संकल्पमा आफ्नो भूमिकाको खोजी गर्नु गृहमन्त्री खाँणले औल्याउनु भयो । भैरहवामा रहेको शान्ती बुद्ध गुम्बा छात्रावास भवनको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने दावि गर्नुभयो । उहाँले अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर पनि गर्नुभयो ।

गृहमन्त्री खाँणले बुद्धको शिक्षा आत्मसात गर्नुपर्ने सबैको दायित्व रहेको बताउँदै मानव जिवनको सुरुवातमा जति सुकै हिंसा गरे पनि अन्तिममा शान्तिमार्ग लाग्नुपर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको तर्क गर्नुभयो ।

शताब्दी पुरुष सत्यमोहन जोशीको आजिवन रेखदेख, औषधी उपचार सरकारले गर्ने समेत गृहमन्त्री खाँणले बताउनुभयो । जोशीलाई सरकारले रेखदेखको साथै अन्य मद्दत पु¥याउन निर्णय गरेको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी प्रदेशका बिभिन्न पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा सरकार लागेको दाबी गर्नुभयो । यसको साथै प्रदेशमा रहेका विभिन्न धार्मिक स्थलहरुको विकास र यसको प्रवद्र्धनमा सरकारले लगानी गरिरहेको बताउँनुभयोे ।

प्रदेश सरकारको पर्यटन मन्त्रालयको १५ लाख , सिद्धार्थनगर नगरपालिकाको ५ लाख र अन्य दाताहरुबाट गरि ३० लाख बढीको लागतमा शान्ति बुद्ध गुम्बामा छात्रावास निर्माण भएको हो । गुम्बामा ३५ जना बिद्यार्थी, आनी एवं लामा गुरुहरु ८ जना रहेको गुम्बाका अध्यक्ष आस बहादुर गुरुङ्गले बताउनुभयो ।