न्युरोड जाने सवारीसाधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

0
Shares

काठमाडौं।

काठमाडौंको न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण ( यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ।

न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार दसैंको समयमा भीड बढ्दै गएकाले आजदेखि फुलपातिसम्म यो व्यवस्था लागू गरिएको हो। बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको जारी सूचनामा उल्लेख छ।