कैलाली ४ बाट चुनाव लड्दै सभापति बलायर

0
Shares

धनगढी ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर कैलाली–४ बाट निर्वाचन लड्ने भएका छन् । यसअघि गृहजिल्ला डोटीबाटै निर्वाचन लड्ने रटान लगाउँदै आएका बलायर कैलाली–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका हुन् ।

सत्ता गठबन्धनमा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले पनि डोटीबाटै लड्ने अडान राखेपछि बलायरलाई कांग्रेसले कैलाली–४ बाट चुनाव लडाउने तयारी गरेको हो । बलायार डोटी छाडेर कैलालीबाट चुनाव लड्न लागेको कांग्रेस सुदूरपश्चिमका एक नेताले जानकारी दिए । कैलाली ४ मा क्षेत्रीय समितिले भने केन्द्रीय सदस्य नैनसिंह महरसहित डा.लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।

गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । अहिले पनि नेकपा एमालेबाट लेखराज नै उम्मेदवार छन् । २०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा बलायरलाई पराजित गर्दै निर्वाचन जितेका थिए ।