मिटरब्याजी अनिरुद्ध जेल चलान

0
Shares

धनुषा ।

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । भंगहा नगरपालिका–५ बस्ने चन्द्रकला देवी महराको जाहेरी दरखास्तको आधारमा साहविरुद्ध ठगी, अपराधिक विश्वासघात, लिखत सम्बन्धी कसूर तथा संगठित अपराध मुद्दा दर्ता गरेर उनलाई पक्राउ गरिएको हो ।

न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले उनलाई ठगी तथा अपराधी विश्वासघात मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।

बुधबार महोत्तरी जिल्ला अदालतको आदेशमा उनलाई जलेश्वर कारागार चलान गरिएको हो ।