एजेन्सी ।
जिहादी लडाकुले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।
टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन् ।अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका र पालना नगर्नेको हत्या गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
यसअघि चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै लडाकुले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए । नाइजेरिया वर्षौदेखि जिहादीको चपेटामा परेको छ ।
प्रतिक्रिया