कपनमा भीषण आगलागी

0
Shares

काठमाडाैैं।

बुधबार साँझ राजधानीकाे कपनमा भीषण आगलागीमा परी तीन जनाकाे ज्यान गएकाे छ । एक्सपेडिसन अफिसमा साँझ करिब ७ बजे आगलागी भएकाे थियाे ।
आगलागीपछि अक्सिजन र अन्य ग्यासका सिलिन्डर विष्फाेट भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई जनाकाे घटनास्थलमै र एक जनाकाे उपचारका क्रममा निधन भएकाे हाे । आगलागीमा परी केही व्यक्ति हराएकाे आशंकामा प्रहरीले खाेजीकार्य जारी राखेकाे छ । आगलागीबाट भएकाे क्षतिकाे पूर्ण विवरण आइसकेकाे छैन।