वीर अस्पताल अगाडिका औषधी पसल खाली गर्न निर्देशन



काठमाडौं । काठमाडौ महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधी पसल खाली गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

उक्त अस्पताल अगाडि रहेका आरफ फार्मेसी, किरण सन्तोष फर्मा, आयुष फर्मा, हनुमान फर्मा, पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी, उपकार सेवा फर्मा र सत्यम फर्माको सटरलाई खाली गर्न महानगरपालिकाले निर्देशन दिएको हो ।

एक महिनायता काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत भौतिक संरचना भत्काउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्