नागरिकता विधेयक : संविधान उल्लंघन गर्नेले पदमा बसिरहन सुहाउँदैन- पूर्वप्रधानमन्त्री खनाल

0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी पदमा बसिरहन नसुहाउने बताएका छन् ।

खनालले संविधानअनुसार सपथ खाएको राष्ट्रपतिले नै संविधानको संरक्षक र पालक नभएको भन्दै पदमा बसिरहन नसुहाउने बताएका हुन् ।

‘हाम्रो संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक र पालक भनेको छ । यो संविधानको रक्षा गर्ने दायित्व उहाँको थियो,’ खनालले बाह्रखरीसँग भने, ‘तर, उहाँ आफैँले यो संविधान उल्लंघन गर्न थाल्नुभयो । सरकार र संसद्सँग प्रतिशोध साँध्न थाल्नुभयो । अब उहाँ पदमा बसिरहन योग्य हुनुहुन्न ।’

खनालले राष्ट्रपति स्वयं आफैँले संविधान उल्लंघन जिम्मेवारीबाट अलग हुनुपर्ने तकृ राखे ।