सत्ता गठबन्धन दलहरू कानुनविद्सँग परामर्श गर्दै

0
Shares

काठमाडौं । सत्ता गठबन्धन दलहरुले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्ने भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले गठबन्धनका शीर्ष नेताले केही समयमा दिउँसो ४ बजे बालुवाटारमा कानुनविद्सँग परामर्श गर्न लागेको जानकारी दिए ।

आज (बुधबार) देउवासहित, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताको आज बिहान बसेको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक रहेको निष्कर्ष निकालेको थियो ।

संविधान बमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भएर दोस्रो पटक सिफारिस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्दछ । तर, राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने म्याद असोज ४ गते राति सकिएको छ ।